धम्बोझीकाे सहज जित


कोहलपुर – बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबलमा धम्बोझी क्लबले जित हासिल गरेको छ । प्रतियोगिताको सेमिफाइनल पुगिसकेको धम्बोझी क्लबले नवदुर्गा युवा क्लबलाई ३–० ले पराजित गरेको हाे ।
आइतबार कोहलपुर स्थित १३ विगाह फुटबल मैदानमा भएको खेलमा धम्बोझीका लागि प्रेम बहादुर सुनारले २ गोल र क्षितिज थापा मगरले १ गोल गरे । खेलमा प्लेयर अफ द म्याच घोषित भएका प्रेमले २४औं र ४१औं मिनेटमा गोल गरेका थिए । क्षितिजले २०औं मिनेटमा गोल गरेका थिए । प्लेयर अफ द म्याच प्रेमलाई जीवन ज्योती स्कुलका प्रिन्सिपल फादर जोमन जेन्सले पुरस्कृत गरे ।
बाँके जिल्ला फुटबल संघको आयोजनामा भइरहेको प्रतियोगिता असारको १३ गते सम्म चल्ने छ ।


error: यो सुविधा उपलब्ध छैन !