द्वन्द्वकालिन बारुद बिष्फाेट


नेपालगन्ज – बांकेमा द्वन्द्वकालिन बारुद बिष्फाेट भएकाे छ ।
काेहलपुर नगरपालिकाकाे झण्डाहवा गाउँ जाने बाटाेमा गएराती बिष्फाेट भएकाे हाे ।
कच्ची सडककाे छेउमा राती सवा एक बजे भएकाे बिष्फाेटले सडकमा खाल्टाे परेकाे छ ।
बांके प्रहरी प्रवक्ता डीएसपी नारायण डांगीले बारुद बिष्फाेट भएकाे बताए । उनले बारुद तत्कालकाे नभएकाे बताए । द्वन्द्वकालिन बारुद भएकाे अाशंका गरिएकाे छ ।
रातीमा बिष्फाेट भएकाले कुनै क्षति भएकाे छैन ।


error: यो सुविधा उपलब्ध छैन !