कोहलपुर क्रिकेट एकेडेमी र सिन्थेटिक ट्रयाकको निरीक्षण


काेहलपुर – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले बांकेकाे काेहलपुरमा निर्माणाधीन कोहलपुर महिला क्रिकेट एकेडेमी र नेपालगन्ज रंगशालामा निर्माणाधीन सिन्थेटिक ट्रयाकको आइतबार निरीक्षण गरेका छन् ।
दुवै पूर्वाधारको निरीक्षणका क्रममा सदस्य–सचिव घिसिङले निर्माणको जिम्मेवारी पाएका संस्थाका प्रतिनिधिलाई समयमा काम सम्पन्न गर्नेतर्फ गम्भीर हुन र गुणस्तरमा कुनै सम्झौता नगर्न निर्देशन दिए ।
सो अवसरमा राखेपका सदस्य पेमा डोल्मा लामा, एलबी क्षेत्री, दिपेन्द्र विष्ट, आर्थिक प्रशासन शाखाका प्रमुख ऋखिराम पोख्रेललगायतको उपस्थिति रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !