भन्सार छलीको सामान राखेको बस प्रहरी नियन्त्रणमा


नेपालगन्ज – बाँके प्रहरीले भन्सार छलेर ल्याएको सामानसहित बस नियन्त्रणमा लिएको छ ।
नेपालगन्ज भन्सारदेखि कोहलपुरसम्म चल्ने बागेश्वरी यातायात प्रालिको भे १ ख ३१४९ नम्बरको बसलाई प्रहरीले नियन्त्रणमा लिएको हो । बसमा एसी दुई थान, कुर्ता सुरुवाल ४८ पिस, रोल कपडा ३० रोल राखिएको थियो ।
बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले वीपीचोकबाट भन्सार छलीका सामानसहित बसलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा पठाएको जानकारी दिनुभयो ।
भन्सारदेखि कोहलपुर चल्ने बस, म्याजिकमा भन्सार छलेर ल्याएका सामान लैजाने गरेको गुनासो आउने गर्दछ । प्रहरीले ठाउँठाउँमा त्यस्ता बस र म्याजिकलाई जाँच गर्ने गर्दछ । भन्सारदेखि कोहलपुरसम्म जादा आधा दर्जन ठाउँमा प्रहरीको चेकप्वाइन्ट परेपनि कारोबारीले सामान लगिरहने जानकारहरु बताउँछन् । वीपीचोकमा सामान समात्नु अघि भन्सार, सीमा प्रहरी कार्यालय, ट्राफिकचोक र गणेशमानचोकको डिउटीलाई पार गरेर आउनु पर्दछ ।


error: यो सुविधा उपलब्ध छैन !