स्कुटर चोरीमा यादव र सिद्धिकी पक्राउ


नेपालगन्ज – बाँके प्रहरीले स्कुटर चोरीको आरोपमा बाँकेको जानकी गाउँपालिका वडा नं. ३ का रमजान यादव र मोहम्मद जिशान्त सिद्धिकीलाई पक्राउ गरेको छ ।
बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीका अनुसार, यादव र सिद्धिकीले स्कुटर चोरेर नम्बर प्लेट परिवर्तन गरेर चलाइरहेका थिए । उनीहरुले बैशाख २२ गते कारकादोबाट भे १३ प १६३४ नम्बरको स्कुटर चोरेर नम्बर प्लेट परिवर्तन गरी इन्द्रपुरमा चलाइरहेका थिए ।
प्रहरीले पक्राउ गरिएका दुवै जनालाई जिल्ला अदालतबाट चार दिनको म्याद थप गरिसकेको छ । नेपालगन्जमा पछिल्लो दिनमा मोटरसाइकल र स्कुटर चोरी बढेपछि प्रहरीले खोजतलास बढाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !