ठकुरी थाइल्यान्ड प्रस्थान

नेपालगन्ज – नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी मंगलबार थाइल्यान्ड प्रस्थान गरेका छन् । थाइल्यान्डको हातएईमा हुने एसिया राेड रेस फाेरममा भाग लिन उनी थाइ लायन एयरबाट मंगलबार राति बैंकक प्रस्थान गरेका हुन् ।
एसिया राेड रेस फाेरममा एसियाली राष्ट्रका प्रतिष्ठित म्याराथन आयाेजकहरुकाे भेला हुनेछ । उक्त भेलाले एसियामा म्याराथन तथा राेड रेसकाे विकास र प्रवर्द्धनका बिषयमा बृहत् छलफल हुने रेस नेपालका अध्यक्ष समेत रहेका ठकुरीले बताए । यसक्रममा हातएई हाफ म्याराथन र एक्स्पाे अवलोकन गर्ने कार्यक्रम समेत रहेको छ । साथै हातएई हाफ म्याराथन आयाेजकसँग नेपाली खेलाडीको सहभागिता सम्बन्धमा अलग्गै परामर्श बैठक समेत रहेको ठकुरीले जानकारी दिए । हातएई हाफ म्याराथन आयाेजकले थाइल्यान्डमा वर्ल्ड एथलेटिक्सका लेवल प्राप्त म्याराथन, हाफ म्याराथन र दस किलोमिटर राेड रेस गरि चारवटा अलगअलग इभेन्ट आयोजना गर्दछ । वर्ल्ड एथलेटिक्सबाट लेवल प्राप्त राेड रेसमा नेपाली खेलाडीलाई बढीभन्दा बढी सहभागिता गराउन सके नेपाली खेलाडीको स्तर बढ्दै जानेछ । ‘यस बिषयमा गम्भीर वार्ता हुनेछ,’ ठकुरीले भने ।
थाइल्यान्डको तीन दिने कार्यक्रम सकेर कर्णाली हाफ म्याराथनका समेत संस्थापक निर्देशक ठकुरी मलेसियाको राजधानी क्वालालम्पुरमा हुने दुई दिने मिलाप पार्टनर कन्फ्रेन्समा भाग लिनेछन् । राेड रेसमा प्रविधिको प्रयाेगका सम्बन्धमा विमर्श हुने ठकुरीले बताए । यसअघि ठकुरी भियतनामकाे हाेचिमिन्हमा भएको मास पार्टिसिपेसन वर्ल्ड कन्फ्रेन्समा भाग लिएका थिए । साथै नेपालबाट पहिलोपटक एसाेसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)काे वर्ल्ड कंग्रेस (ओसाका, जापान)मा दुई बर्ष अघिल्लो सहभागिता जनाएका थिए ।

नेपालगन्ज म्याराथन नेपालमा एम्सकाे पहिलो पूर्णकालीन सदस्य हाे । पछिल्लो समय नेपालगन्ज म्याराथनले अन्तर्राष्ट्रिय सम्बन्ध बिस्तारमा बढ्ता जाेड दिंदै आएको छ । नवाैं धारा नेपालगन्ज म्याराथनका विजेता गाेपीचन्द्र पार्कीले नेपाल रन युके र राष्ट्रिय खेलकुद परिषदकाे सहयोग एवम् सहकार्यमा विश्वप्रसिद्ध टीसिएस लण्डन म्याराथनमा भाग लिन सफल भए । सम्बाद छलफल सकारात्मक भइदिए र कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले सहयोग गरिदिए प्रथम ज्ञान कर्णाली हाफ म्याराथनका विजेतालाई अन्तर्राष्ट्रिय एक्सपाेजर दिने तयारी रेस नेपालले गरिरहेकाे छ । साथै नेपालगन्ज म्याराथनकाे आयोजना तथा व्यवस्थापनमा काम गर्नेलाई समेत अन्तर्राष्ट्रिय एक्सपाेजर दिनेगरी तयारी अघि बढाइएको ठकुरीले बताए ।


error: यो सुविधा उपलब्ध छैन !