एक सय ४० केजी मासु बरामद


नेपालगन्ज – भारतबाट ल्याएको ब्रोइलर कुखुराको एक सय ४० किलो मासु बरामद भएको छ ।
नेपाली र भारतीय नागरिक मिलेर ल्याउदै गरेको एक सय ४० किलो ब्रोइलर कुखुराको मासु प्रहरीले बरामद गरेको हो ।
बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीका अनुसार, भारत बहराइचका मोहम्मद इसाहक र नेपालगन्जका समिर कुरेसी मासुसहित पक्राउ परेका छन् । उनीहरुले भारतबाट अवैध तरिकाले मासु ल्याइरहेका थिए ।
बरामद मासु पशु क्वारेन्टाइनमा पठाएर नष्ट गरिएको छ । प्रहरीले भारतीय कुखुरा र मासु ल्याउन अलिकति कडाई गरेकाले नेपालगन्जमा ब्रोइलर कुखुराको मूल्य बढेको छ । चार सय ३०-४० रुपैयामा प्रतिकिलो कारोबार भइरहेको ब्रोइलर कुखुराको मासु ४ सय ८० पुगेको छ ।
यसैबीच, प्रहरीले भन्सार छलेर ल्याएको २७ पिस कुर्ता सुरुवाल नियन्त्रणमा लिएर भन्सार कार्यालयमा पठाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !