मुख्य निर्वाचन अधिकृतमा शरण, पुरस्कारमा रुद्र
नेपालगन्ज – नेपाल पत्रकार महासंघ, बाँके शाखाले जेठ २६ गते हुने निर्वाचनका लागि निर्वाचन समिति र पुरस्कार छनौट समिति गठन गरेको छ ।
शाखाका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा बसेको कार्य समितिको बैठकले शरण कर्माचार्यलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ । निर्वाचन अधिकृतमा केशव कोइराला र दिपेन्द्र धिताललाई राखिएको छ ।
महासंघले दिने विभिन्न पुरस्कारका लागि रुद्र सुवेदीलाई छनौट समितिको संयोजक बनाइएको छ । सदस्यमा डा. डक्ट धिताल र नविन गिरी रहेका छन् ।
सचिव कमल डाँगीका अनुसार, शाखाको अधिवेशन एवं १४ औं साधारण सभा जेठ १९ गते गरिदैछ । त्यसका लागि अध्यक्ष भण्डारीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।