कर्णाली हाफ म्याराथन विजेतालाई ५५ हजार

नेपालगन्ज – यही बैशाख २९ गते शनिबार आयोजना हुने प्रथम कर्णाली हाफ म्याराथनमा खुल्लातर्फका विजेता महिला तथा पुरुष खेलाडीलाई समान नगद ५५ हजारले पुरस्कृत गरिने भएको छ । त्यसैगरी दोस्रो स्थान प्राप्त गर्नेलाई ३० हजार र तृतीय स्थानलाई २० हजार नगदले पुरस्कृत गरिने आयोजक रेश नेपालले जनाएको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा हुने हाफ म्याराथनमा पुरुष ४५ बर्षमाथि उमेर समूहका शीर्ष तीन धावकलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार प्रदान गरिनेछ । त्यस्तै विद्यालय तहका छात्र एवं छात्रातर्फ शीर्ष तीनलाई १० हजार, पाँच हजार र तीन हजार नगद पुरस्कार प्रदान गरिनेछ । कर्पोरेटतर्फ विजेतालाई बिशेष प्याकेजद्वारा पुरस्कृत गरिनेछ ।
रेस नेपालको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको संयुक्त बैठकले नगद पुरस्कार सम्बन्धि निर्णय गरेको हो । आसन्न दशौं राष्ट्रिय खेलकुदलाई प्रवद्र्धन गर्नेगरी कर्णाली हाफ म्याराथन आयोजना गर्न लागिएको हो ।


error: यो सुविधा उपलब्ध छैन !