आइसीपी सञ्चालन


नेपालगन्ज – नेपालगन्ज एकीकृत जाँच चौकी (आइसीपी) सोमबारदेखि सञ्चालनमा आएको छ ।
उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जाँच चौकीको शुभारम्भ गरे । नेपालबाट दुई वटा ट्रकमा सामान पठाएर जाँच चौकीको शुभारम्भ गरिएको थियो । सो अवसरमा मन्त्री भण्डारीले जाँच चोकी सञ्चालनसँगै व्यापार सहजीकरणमा सहज हुने बताए । उनले चोरी पैठारी नियन्त्रण हुने र आन्तरिक राजश्वमा बृद्धि हुने दावी गरे ।
उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले एकै ठाउँबाट सेवा दिइने भएकाले व्यापारमा सहजता आउने बताए । भन्सार विभागका महानिर्देशक ढुण्डीप्रसाद निरौलाले नेपाल र भारतको आयात र निकासी एकद्वार प्रणालीबाट हुने भएकाले व्यापारमा सहज हुने बताए ।
वि.सं. २०७७ असोज २६ गतेबाट काम शुरु भएको जाँच चौकी २०८० फाल्गुनमा सम्पन्न भएको थियो । गत जेठ १८ गते नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जाँच चौकीको उद्घाटन गरेका थिए ।
८८ विगाहमा फैलिएको जाँच चौकीको लागत करिव दुई सय करोड भारतीय रुपैया रहेको छ । यहाँ आयाततर्फ दुई वटा र निर्यात तर्फ ७५ वटा ट्रकका लागि पार्किङ क्षेत्र, भन्सार, अध्यागमन, क्वारेन्टाइन, भन्सार, सुरक्षा, अपरेटर कम्पनी, बैंक लगायतका संरचनाका लागि भवन बनेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !