दाेस्राे डम्बर रानाभाट कपमा पुरस्कार बढ्याे

 

खजुरा – हिमालय सामुदायिक क्लव, खजुरा-३, धाैलागिरीकाे अायाेजनामा हुन थालेकाे दाेस्राे डम्बर रानाभाट स्मृति फुटबल प्रतियाेगिताकाे पुरस्कार राशी बढेकाे छ ।

शनिबारदेखि चैत्र ३० गतेसम्म हुन थालेकाे प्रतियाेगितामा ५५ हजार ५ सय ५५ रुपैया पुरस्कार राखिएकाे छ । द्वितियलाई ३० हजार ५ सय ५५ रुपैया पुरस्कार रहेकाे छ । पहिलाे संस्करणमा प्रथमलाई ५१ हजार १ सय ११ रुपैया पुरस्कार राखिएकाे थियाे ।

क्लवले शुक्रबार पत्रकार सम्मेलन गरेर दिएकाे जानकारी अनुसार प्रतियाेगितामा १४ वटा टीमकाे सहभागिता रहेकाे छ ।

प्रतियाेगितामा भाग लिने खेलाडी ए डिभिजन नखेलेकाे र बांके जिल्लाकाे हुनु पर्नेछ । क्लवका सचिव जीवन कार्कीले जिल्लाका खेलाडीलाई प्राथमिकता दिन र नयां प्रतिभालाई अगाडि सार्न यस्ताे नियम बनाइएकाे बताउनु भयाे ।

क्लवका अध्यक्ष किरण थापाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा सदस्य सुवास बुढाथाेकी र संरक्षक देवबहादुर कुँवरकाे उपस्थिति थियाे ।

साे अवसरमा बांके जिल्ला फुटबल संघका महासचिव कमल खत्रीले दुई वटा बल हस्तान्तरण गर्दै जिल्लाका प्रतिभा खाेजी हुने यस्ता प्रतियाेगितालाई संघले सक्दाे सहयाेग गर्ने प्रतिबद्वता गर्नु भयाे ।


error: यो सुविधा उपलब्ध छैन !