नेपालगन्ज फर्किए पूर्वराजा


नेपालगन्ज – पूर्वराजा ज्ञानेन्द्र शाह जुम्लाकाे कार्यक्रम सकेर नेपालगन्ज फर्किएका छन् ।
जुम्लामा ठूलाे संख्यामा उपस्थित स्थानीयले पूर्वराजाकाे भब्य स्वागत गरेका थिए ।
तीन दिनदेखि नेपालगन्जमा बसिरहेका पूर्वराजा अाज जुम्ला गएर फेरि नेपालगन्ज फर्किएका हुन् ।
समिट एयरकाे जहाज चार्टर्ड गरेर पूर्वराजासहित १० जना जुम्ला गएका थिए । फर्किदा १६ जना फर्किएका थिए । ६ जना पूर्वराजाकाे कार्यक्रमकाे व्यवस्थापन गर्न पहिला नै गएका थिए ।
पूर्वराजा बैशाख २ गतेसम्म नेपालगन्जमा बस्ने कार्यक्रम रहेकाे छ । नयां वर्ष नेपालगन्जमा बसेर मनाउने तयारीमा रहेका पूर्वराजाले याे बीचमा विभिन्न व्यक्तित्वलाई भेट्ने कार्यक्रम रहेकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !