हतियारसहित अाएका लुटेराद्वारा लुटपाट


नेपालगन्ज – बांकेकाे जानकी गाउंपालिकामा गएराती लुटपाट भएकाे छ ।
१०/१२ जनाकाे समूहमा हतियारसहित अाएका लुटेराले जानकी गाउंपालिका वडा नम्बर ६, कपासीका लाेकेन्द्र बुढाकाे घरमा लुटपाट गरेकाे हाे ।
राती २ बजे अाएका लुटेराले घरपरिवारलाई धम्क्याएर घरमा भएकाे नगद, गरगहना, माेबाइल लगेकाे छ ।
बांके प्रहरी प्रवक्ता डीएसपी नारायण डांगीले लुटेराकाे खाेजी थालेकाे जानकारी दिए ।
बांकेमा पछिल्लाे दिनमा हत्या, हिंसा, लुटपाट र कुटपिटका घटना बढेकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !