प्लेन चार्टर्ड गरेर जुम्ला गए दुर्गा प्रसाई


नेपालगञ्ज – राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति, नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई प्लेट चार्टर्ड गरेर जुम्ला गएका छन् ।
नेपालगञ्जमा एक दिन बसेका प्रसाई १८ जनाको टोलीसहित समिट एयरको जहाजमा आज विहान जुम्ला गएका हुन् ।
जुम्लामा प्रसाईको आम सभा रहेको छ । त्यहाँ उनले तस्करको नाम सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।
कोहलपुरस्थित एक होटलमा बास बसेका प्रसाईले निकटसँग २३ गते बर्दिया र २४ गते दाङ जिल्लाको कार्यक्रम सकेर भारत जाने बताएका छन् । भारतमा गएर उनले त्यहाँका गृहमन्त्रीसँग भेट्ने बताएका छन् । व्यवस्था परिवर्तन गर्न भारतले आफूलाई साथ दिएको निकटस्थसँग बताएका प्रसाईले पूर्वराजा ज्ञानेन्द्र शाहले आँट गर्न नसकेको टिप्पणी गरेको स्रोतले बतायो ।


error: यो सुविधा उपलब्ध छैन !