लुम्बिनी महिला फुटबल टीमको तुलसीपुरमा बन्द प्रशिक्षण


नेपालगञ्ज – बागमति प्रदेशमा हुने अन्तर प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा भाग लिने लुम्बिनी प्रदेशको महिला फुटबल टीमको दाङको तुलसीपुरमा बन्द प्रशिक्षण भइरहेको छ ।
फुटबल प्रशिक्षक जनक केसीले लुम्बिनीका १८ जना महिला फुटबल खेलाडीलाई प्रशिक्षण गराइरहेका छन् । प्रशिक्षक केसीले विहान र साँझ बन्द प्रशिक्षण चलिरहेको जानकारी दिनुभयो ।
चैत्र २५ गते बागमतिमा अन्तर प्रदेश खेलकुद प्रतियोगिता हुँदैछ । लुम्बिनीको महिला फुटबल टीमका दाङको बर्चस्व देखिएको छ । दाङका ८ जना, बर्दियाका ६ जना र कपिलबस्तुका ४ जना महिला खेलाडी बन्द प्रशिक्षणमा रहेका छन् । खेलकुदमा अगाडि देखिएको रुपन्देही र बाँकेका खेलाडी बन्द प्रशिक्षणमा परेका छैनन् ।
प्रशिक्षक केसीले छनौटमा आएका ३० जना बढी खेलाडीबाट १८ जना बन्द प्रशिक्षणका लागि छनौटमा परेको बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !