पूर्वराजा नेपालगञ्ज आउँदै

फाइल फोटो

नेपालगञ्ज – पूर्वराजा ज्ञानेन्द्र शाह नेपालगञ्ज आउने भएका छन् ।
कर्णाली प्रदेशको जुम्लालगायत ठाउँहरुमा हुने नागरिक अभिनन्दनमा सहभागी हुन पूर्वराजा शाह नेपालगञ्ज आउन थालेका हुन् ।
पूर्वराजा शाह बुधबार नेपालगञ्ज आउँदै छन् । उनी नेपालगञ्जमा बसेर यस क्षेत्रका विभिन्न जिल्लामा हुने कार्यक्रममा सहभागी हुने बताइएको छ । विद्वत परिषदका दीपकबहादुर सिंहका अनुसार, बुधबार नेपालगञ्ज आइपुग्ने पूर्वराजा शाहको २४ गते जुम्लामा नागरिक अभिनन्दन कार्यक्रम रहेको छ । पूर्वराजा शाह छोरीसहित आउने बुझिएको छ । पूर्वराजा शाह करिव दुई हप्ता नेपालगञ्ज बस्ने कार्यक्रम रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !