६० वर्ष पुगेका महिला स्वास्थ्य स्वयंसेविकालाई ५० हजारसहित बिदाई


नेपालगन्ज – लुम्बिनी प्रदेश सरकारले ६० वर्ष उमेर पुगेका महिला स्वास्थ्य स्वयंसेविकालाई रकमसहित बिदाई गरेकाे छ ।
बांकेका १३ जना महिला स्वास्थ्य स्वयंसेविकालाई अाइतबार नेपालगन्जमा प्रदेश स्वास्थ्य मन्त्री राजु खनालले ५० हजारसहित बिदाई गरे ।
स्वास्थ्य कार्यालय, बांकेले अायाेजना गरेकाे कार्यक्रममा मन्त्री खनालले महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानसहित बिदाई गरेका हुन् ।
लुम्विनी प्रदेशमा रिटायर्ड भएका महिला स्वास्थ्य स्वयंसेविकालाई ५० हजारसहित बिदाई गर्ने कार्यक्रमकाे बांकेबाट शुरु भएकाे हाे ।
मन्त्री खनालले प्रदेशमा ९ हजार महिला स्वास्थ्य स्वयंसेविका रहेकाे र हरेक वर्ष ४ सय रिटायर्ड हुने भएकाले बजेट अभावमा सेवा सुविधा बढाउन नसके पनि बिदाई हुंदा ५० हजार दिने नीति बनाएकाे बताए ।
जिल्ला स्वास्थ्य कार्यालय, बांकेका प्रमुख अंगद शाहीले जिल्लामा ३५ जना ६० वर्ष पूरा भएर बिदाईकाे चरणमा रहेकाे बताए । अाइतबार नेपालगन्ज उपमहानगरपालिकाका १० जना र जानकी गाउंपालिकाका ३ जनालाई बिदाई गरिएकाे थियाे ।
नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रदेश सांसदद्वय सुशीला नेपाली र मिना सिद्विकी, प्रदेशका स्वास्थ्य सचिव जनार्दन पन्थी, नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख रामबहादुर चन्दले महिला स्वास्थ्य स्वयंसेविका समाजमा स्वास्थ्यकाे खम्बा भएकाे र उनीहरुले न्यून सुविधामा उदाहरणीय काम गरेकाे बताए ।


error: यो सुविधा उपलब्ध छैन !