श्रीमतीको हत्या


नेपालगञ्ज – बाँकेको कोहलपुरमा एक युवकले श्रीमतीको हत्या गरेका छन् ।
बर्दिया बाँसगढी नगरपालिका घर भएका २२ वर्षीय अनिल विकले घरासयी विवादमा चक्कुले ढाडमा हान्दा श्रीमती सुशीला सुनारको मृत्यु भएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिनुभयो ।
अनिलले कोहलपुर नगरपालिका वडा नं. १४, पार्वतीपुरमा रहेको हेमपाइप उद्योगमा काम गर्थे । डेढ महिनादेखि त्यहाँ काम गरेका अनिल त्यही बस्थे । घरायसी विवादमा अनिलले गएराती श्रीमती सुशीलालाई चक्कु हानेका थिए । आवेगमा आएर चक्कु हानेका अनिलले श्रीमती गम्भीर घाइते भएपछि अंकललाई बोलाएर अटोरिक्सामा राखेर मेडिकल कलेजमा पु¥याएका थिए । जहाँ सुशीलाको मृत्यु भएको थियो ।
प्रहरीले अनिललाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !