होलीमा होस गुमाएका अझै प्रहरी हिरासतमा


नेपालगञ्ज – बाँकेमा फागु पूर्णिमा (होली)मा उत्श्रृंखल गतिविधि गरेको आरोपमा प्रहरीले ५१ जनालाई नियन्त्रणमा लिएको छ ।
बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीका अनुसार, नियन्त्रणमा लिइएकाहरुलाई सम्झाएर छोड्ने काम भइरहेको छ । केहीको साथबाट खुकुरीसमेत फेला परेकाले उनीहरु केही दिन प्रहरी कार्यालयमा बस्ने भएका छन् ।
होलीमा जिल्लामा सानातिना १२ वटा दुर्घटना भएका छन् । त्यसमा १६ जना घाइते भएका छन् । ट्राफिक नियम विपरित सवारी साधन चल्न सक्नेतर्फ सजग बनेको प्रहरीले ठाउँठाउँमा जाँच गरेको थियो । त्यसक्रममा सय वटा मोटरसाइकल नियन्त्रणमा लिएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !