बाँकेमा ९ हजार दुई सय ९३ जनाले एसईई दिदै


नेपालगञ्ज – बाँकेमा यो वर्ष नौ हजार दुई सय ९३ जनाले माध्यमिक शिक्षा परीक्षा (एसईर्ई) दिने भएका छन् ।
शिक्षा समन्वय इकाई कार्यालयका शाखा अधिकृत लोकबहादुर शाहीका अनुसार, चैत्र १५ गतेदेखि सञ्चालन हुने एसईईमा चार हजार ७ सय ६३ छात्र र ४ हजार ५ सय ३० जना छात्रा परीक्षामा सहभागी हुँदै छन् ।
बाँकेमा ३४ वटा परीक्षा केन्द्र छन् । नेपालगञ्ज उपमहानगरपालिकामा नौ वटा, कोहलपुर नगरपालिकामा १० वटा, बैजनाथ, राप्तीसोनारी र खजुरा गाउँपालिकामा ४/४ वटा, डुडुवा, नरैनापुर र जानकी गाउँपालिकामा एक/एक वटा केन्द्र रहेका छन् ।
यसपालीको एसईईमा देशभरमा दश हजार ८ सय ६ वटा विद्यालयका ५ लाख ४ हजार ४ सय १४ जना विद्यार्थी सहभागी हुँदै छन् ।


error: यो सुविधा उपलब्ध छैन !