डेढ करोडको अनुसन्धान गर्दै राजश्व कार्यालय


नेपालगञ्ज – राजश्व अनुसन्धान कार्यालयले नेपालगञ्जमा प्रहरीले बरामद गरेको डेढ करोड रुपैयाको अनुसन्धान थालेको छ ।
प्रहरीले अनुसन्धान र कारबाहीका लागि एक करोड ५६ लाख १८ हजार तीन सय रुपैयासहित आठ जनालाई पक्राउ गरेर राजश्व अनुसन्धान कार्यालयमा पठाएको हो । जिल्ला प्रहरी कार्यालय, बाँकेका मुद्दाफाँटका इन्चार्ज प्रहरी निरीक्षक निरञ्जन घिमिरेले पक्राउ गरिएका व्यक्ति र रकम राजश्व अनुसन्धान कार्यालयमा पठाएको जानकारी दिनुभयो ।
बाँके प्रहरीले फाल्गुन २७ र २८ गते फरक–फरक ठाउँबाट स्रोत नखुलेको रकम बरामद गरेको थियो । २७ गते बर्दियाका अनुप थारु, पूर्णिमा चौधरी र नेपालगञ्जका हसिव अहमद जसगढ, २८ गते कृष्ण विक, राहुल जयसवाल, रोहित क्षेत्री, सलिम जोलाह र हसिफ अन्सारीलाई पक्राउ गरेको थियो । उनीहरुको साथबाट एक करोड ५६ लाख १८ हजार तीन सय रुपैया बरामद भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !