नेपालगञ्जमा महाेत्सव हुँदै

नेपालगञ्ज – नेपाल घरेलु तथा साना उद्याेग महासंघ, बांके एवं महिला उद्यमी समितिले नेपालगञ्जमा महाेत्सव अायाेजना गर्ने भएकाे छ ।

मेहनत, सिर्जना, उत्पादन र बस्तु : मेरै नेपालकाे भन्ने मूल नाराका साथ साताै अाैद्याेगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महाेत्सव हुने भएकाे हाे ।

चैत्र ६ गतेदेखि १८ गतेसम्म नेपालगञ्जकाे वाटरपार्क नजिककाे खुल्ला मैदानमा महाेत्सव हुने महाेत्सव मूल अायाेजक समितिका संयाेजक मधु खड्काले जानकारी दिनुभयाे ।

स्थानीय स्राेतकाे प्रयाेग गरि उत्पादन भएका बस्तु मेलाकाे प्रमुख अाकर्षण हुने संयाेजक खड्काकाे भनाई छ । एक लाख पचास हजारदेखि दुई लाखसम्म दर्शक भित्र्याउने लक्ष्य लिइएकाे महाेत्सवमा दुई कराेडकाे काराेबार हुने अाशा गरिएकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !