मृगाैला दिवसमा प्रभातफेरि

नेपालगञ्ज – आज विश्व मिर्गौला दिवस मनाइँदैछ।  प्रत्येक वर्ष अङ्ग्रेजी क्यालेन्डर अनुसार मार्च महिनाको दोस्रो बिहीबार यो दिवस मनाइन्छ। यस वर्षको विश्व मिर्गौला दिवस आज चैत्र १ गते बिहीबारको दिन परेको छ । यस वर्षको मूल नारा “मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास”  भन्ने रहेको छ ।

नेपालगञ्जमा विभिन्न कार्यक्रम गरी विश्व मिर्गौला दिवस मनाइएकाे छ। लक्ष्मी सरस्वती पाेलिक्लिनिक एण्ड डाइग्नाेसिस सेन्टर प्रालिकाे समन्वयमा नेपालगञ्ज उपमहानगरपालिकाले दिवसको अवसरमा बिहान प्रभातफेरी गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका परिसरबाट सुरु भएको प्रभातफेरी गणेशमान चोकमा पुगेर काेणसभामा परिणत भएकाे थियाे ।

नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. पवनजंग रायमाझी, बाँकेका एसपी सुभाष चन्द्र बोहरा, नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द, मृगाैला विशेषज्ञ डा. सौरभ हमाल लगायतले मिर्गौला रोगको जोखिम कम गर्न आफै सचेत हुनु पर्ने धारणा राख्नुभयो ।

 

यस्तै भेरी अस्पतालले पनि दिवसको अवसरमा प्रभातफेरी गरेको छ ।

अस्पतालबाट सुरु भएको प्रभातफेरी सुर्खेतरोडको गणेशमान चोक, वीपीचोक, त्रिभुवन चोक हुँदै भेरी अस्पतालमा पुगेर समापन भएको अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा. पारस श्रेष्ठले जानकारी दिनुभयो । प्रभातफेरीमा अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाह, अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रायमाझी, मेडिसिन बिभाग प्रमुख  डा. राजन पाण्डे, नर्सिङ प्रमुख दुर्गालक्ष्मी श्रेष्ठ, चिकित्सक, नर्सिङ स्टाफ लगायतको सहभागिता रहेकाे थियाे ।


error: यो सुविधा उपलब्ध छैन !