प्याव्सन फुटसल : शिक्षकतर्फ सनविम सेमिफाइनलमा

नेपालगञ्ज – प्याव्सन नेपालगञ्जले अायाेजना गरेकाे दाेस्राे प्याव्सन फुटसल प्रतियाेगितामा पुरुष शिक्षकतर्फ सनविम सेमिफाइनलमा प्रवेश गरेकाे छ ।

हाेलिल्याण्डलाई १०-० गाेल र जीभीएनलाई २-० गाेलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेकाे हाे ।

जीभीएनले पहिलाे खेलमा पशुपति स्कुललाई ९-२ गाेलले पराजित गरेकाे थियाे । दाेस्राे खेलमा सनविमसंग पराजित भयाे । सनविम र जीभीएनकाे खेल अत्यन्त प्रतिस्पर्धात्मक थियाे ।

शनिबार भएकाे अन्य खेलमा डकारले युनाइटेडलाई ४-० गाेल, सक्सेसले भेरीलाई ७-१ गाेल, नेपालगञ्ज माेडेलले एबीसीलाई ४-१ गाेेलले पराजित गरेकाे छ । केही विद्यालयविरुद्व प्राेटेष्ट परेकाे अायाेजकले बताएकाे छ ।

महिला शिक्षकतर्फ पशुपति, नेपालगञ्ज माेडेल, जीभीएन र वेष्टजाेन विजयी भएका छन् ।

पशुपतिले हाेलिल्याण्डलाई १-० गाेल, नेपालगञ्ज माेडेलले फ्लाेरिडालाई १-० गाेल, जीभीएनले ब्रिटिस स्कुललाई १-० गाेल र वेष्टजाेन वाकअाेभर पाएर विजयी भएका छन् ।

 


error: यो सुविधा उपलब्ध छैन !