दाेस्राे प्याव्सन फुटसल शुरु

नेपालगञ्ज – नेपालगञ्जमा दाेस्राे प्याव्सन फुटसल प्रतियोगिता शुरु भएकाे छ ।

प्याव्सन नेवालगञ्जले अायाेजना गरेकाे प्रतियोगितामा शुक्रबार प्लस टु छात्र, छात्रा र स्कुलस्तरकाे छात्राकाे खेल भएकाे छ ।

प्लस टु छात्रकाे खेलमा माेर्डन पब्लिक, जीभीएन, हाेलिल्याण्ड र ब्राइटल्याण्ड स्कुल विजयी भएका छन् । माेर्डनले अादर्श स्कुललाई ३-० गाेल, जीभीएनले सगरमाथा स्कुललाई ४-० गाेल, हाेलिल्याण्डले नेपालगञ्ज माेडेललाई २-१ गाेल र ब्राइटल्याण्डले जय बागेश्वरीलाई १-० गाेलले पराजित गरेकाे छ । प्लस टु छात्रकाे प्रतियाेगितामा १० वटा स्कुलले भाग लिएका छन् ।

प्लस टु छात्राकाे खेलमा नेपालगञ्ज माेडेल, हाेलिल्याण्ड र युनाइटेड स्कुल विजयी भएकाे छ ।

माेडेलले अादर्शलाई २-१ गाेल, हाेलिल्याण्डले मार्डनलाई २-० गाेल र युनाइटेडले सगरमाथा स्कुललाई ट्राइबेकरमा पराजित गरेकाे छ । यी दुईकाे बीचकाे निर्धारित समयकाे खेलमा १-१ गाेल भएकाे थियाे ।

स्कुल स्तरकाे छात्राकाे खेलमा नेपालगञ्ज माेडेल, जीभीएन र जय बागेश्वरी स्कुल विजयी भएकाे छ । माेडेलले हाेलिल्याण्डलाई १-० गाेल, जीभीएनले मनकामना स्कुललाई ट्राइबेकरमा १-० गाेल र जय बागेश्वरीले अादर्शलाई ट्राइबेकरमा १-० गाेलले पराजित गरेकाे छ । छात्रातर्फकाे प्लस टु र स्कुल स्तरकाे प्रतियाेगितामा ८/८ वटा स्कुलले भाग लिएका छन् ।

प्याव्सन फुटसलमा शिक्षकका बीचमा पनि प्रतियोगिता राखिएकाे छ ।

अादर्शनगरस्थित बागेश्वरी फुटसलमा भइरहेकाे प्रतियाेगिताकाे नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष गाेविन्द रेग्मीले रेफ्री केशव रानालाई बल हस्तान्तरण गरेर गरेका थिए । उद्घाटन कार्यक्रम प्याव्सन नेपालगञ्जका अध्यक्ष बिकास बज्राचार्यकाे अध्यक्षतामा भएकाे थियाे ।


error: यो सुविधा उपलब्ध छैन !