नेपालकाे जीत

नेपालगञ्ज – टी-२० विश्वकप छनोट अन्तर्गतको एसिया क्षेत्र छनोटको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरमाथि ८ विकेटको प्रभावशाली जित हासिल गरेको छ।

टियू मैदान कीर्तिपुरमा भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले १६.३ ओभरमा २ विकेट गुमाएर जित हासिल गरेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४५ रन बनाएपछि १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले १ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।

नेपालको जितमा कुशल भुर्तेलले सानदार अर्धशतकीय इनिङ खेले। उनले ४६ बलमा ८ चौका र २ छक्काको सहयोगमा ७४ रनको इनिङ खेले। त्यसअघि ओपनर आसिफ शेख २७ रनमा आउट भए। कुशलको यो करिअरको ७ औं टी-२० अन्तर्राष्ट्रिय अर्धशतक हो। नेपालका लागि कप्तान रोहित पौडेलले २४ बलमा ३५ रन बनाएर अविजित रहे। सिंगापुरका लागि अन्नथा कृष्णा र काश्य पुरीले समान १-१ विकेट लिए।

आठ टोली सहभागी प्रतियोगिताको फाइनल पुग्ने दुई टिम आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकपका लागि एसिया क्षेत्रबाट छनोट हुने छ। टियू मैदानमा पहिलो ब्याटिङ गरेको सिंगापुरका लागि रोहन रङ्गराजा सर्वाधिक ४६ रन बनाउँदा मनप्रित सिंहले २४ रन बनाउँदा आर्याभिर चौधरी ३७ रन बनाए।

नेपालका लागि करण केसी, सन्दीप लामिछाने र गुल्सन झाले समान २-२ विकेट लिँदा अभिनास बोहराले ३ विकेट लिएका थिए।


error: यो सुविधा उपलब्ध छैन !