पुरानै लयमा फर्काउन सर्वदलीय बैठक

नेपालगञ्ज – नेपालगञ्जको असहज परिस्थितिलाई सहज बनाउन सर्वदलीय÷सर्वपक्षीय बैठक बसेको छ ।
प्रमुख जिल्ला अधिकारी विपिन आचार्यको संयोजनमा सांसद डा. धवलशमशेर राणा, प्रदेश सांसद कृष्णा केसी नमूना, नेपालगञ्जका मेयर प्रशान्त विष्ट, उपमेयर कमरुद्दिन राई, प्रहरी प्रमुखहरु, नागरिक समाजका अगुवा बैठकमा उपस्थित छन् ।
नेपालगञ्जमा मंगलबार दिउँसो १ बजेदेखि कफर््यु लगाइएको छ । कफर््युलाई कति लम्ब्याउने ? भन्ने विषयमा छलफल भइरहेको छ । कोही कसैले सद्भाव विरोधी गतिविधि नगर्ने र सद्भाव विरोधी गतिविधि गर्नेलाई कारबाही हुनुपर्ने सहभागीहरुले राय दिएका छन् । बैठक चलिरहेको छ ।
यता, दिनभरी नै नेपालगञ्ज शान्त रहेको छ । ठूलो संख्यामा परिचालिन प्रहरीले अत्यावश्यक काममा हिडेकोबाहेकलाई हिड्न दिएको छैन ।
बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले अत्यावश्यक काममा हिडेका व्यक्तिलाई सोधपुछ गरेर जान दिइएको बताए ।


नेपालगञ्जका सडकमा प्रहरीको उपस्थिति मात्रै देखिन्छ । सडक सुनसान छन् । फाटफुट निस्केकालाई फिर्ता पठाइएको छ । जरुरी काममा हिडेकालाई जान दिइएको छ । प्रहरीले सोधपुछ गरेर सहजीकरण गरेका छन् ।
नेपालगञ्ज नाकामा अहिले कोही पनि फसेका छैनन् । भारतबाट विहान आइपुगेका सबैलाई सम्बन्धित ठाउँतिर पठाइएको छ । नाकाबाट ट्यांकर, फलफूल बोकेका गाडी भित्रिएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !