नाकामा धेरै मानिस अलपत्र, प्रहरीले बस मगाएर पठाउँदै

 

नेपालगञ्ज – नेपालगञ्जमा कर्फ्युुका कारण धेरै नेपाली जमुनाहा नाकामा रोकिएका छन् ।
भारतको विभिन्न ठाउँबाट आएका नेपाली जमुनाहा नाकामा रोकिएका छन् । नेपालगञ्जमा मंगलबार दिउँसो १ बजेदेखि नै कर्फ्यु रहेको छ ।
बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले जमुनाहा नाकामा आठ सय जति मानिस आएको र उनीहरुलाई गाडी मगाएर पठाउने काम भइरहेको जानकारी दिनुभयो । प्रहरीले बसपार्कबाट पाँच वटा र आफ्नो एउटा गाडी गरी ६ वटामा राखेर उनीहरुलाई राँझाचोकसम्म पु¥याउने जनाएको छ ।
स्थानीय प्रशासनले दक्षिणमा जमुनाहा, उत्तरमा राँझाचोक, पश्चिममा इन्द्रपुर गेट र पूर्वमा राप्ती नदीसम्म कर्फ्यु लगाएको छ ।
नेपालगञ्ज आज विहान शान्त देखिएको छ । सडकमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । अत्यावश्यक कामबाहेक सडकमा हिड्न दिइएको छैन । प्रहरी प्रवक्ता डाँगीले जरुरी काममा बाहेक बाहिर ननिस्किन आग्रह गरेको र जरुरी काममा निस्केकालाई सहजीकरण गरेर पठाउने गरेको बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !