नेपालगञ्जमा १ बजेदेखि कर्फ्यू

नेपालगञ्ज – नेपालगञ्जमा कर्फ्यू लागेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीका अनुसार, नेपालगञ्जमा दिउँसो १ बजेदेखि अनिश्चितकालिन कर्फ्यू लागेको छ ।
धार्मिक समुदायका बीचमा हुन सक्ने क्षतिलाई मूल्यांकन गरेर कर्फ्यू लगाइएको छ । पूर्वमा राप्ती नदी, पश्चिममा इन्द्रपुर जाने बाटो, उत्तरमा राँझाचोक र दक्षिणमा जमुनाहा नाकासम्म कर्फ्यू लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिए ।
नेपालगञ्जमा केही दिनयता सामाजिक सद्भाव विरोधी गतिविधि बढेको छ । आजै विहान धार्मिक गुरु, राजनीतिक दल, प्रहरी प्रशासन, सामाजिक अगुवा, नागरिक समाजका अगुवाले नेपालगञ्जमा सद्भाव ¥याली निकालेका थिए ।


error: यो सुविधा उपलब्ध छैन !