राप्तीकाे सतह बढ्दै, सतर्कता अपनाउन अाग्रह

प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले एक सूचना जारी गर्दै राप्ती नदीको बहाब बढेर ५.४५ मिटर माथि पुगेकाले नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन अाग्रह गर्नुभयाे । प्रशासनले नदीमा माछा मार्ने, नुहाउने, ओहोरदोहोर गर्ने, दाउरा सङ्कलन गर्ने जस्ता नगर्न आग्रह गरेकाे छ । राप्ती नदीको माथिल्लो तटीय क्षेत्रमा पछिल्लो १२ घण्टादेखि भारी वर्षा भइरहेको सूचना जल तथा मौसम विज्ञान विभागले दिएको छ ।

जल तथा मौसम विज्ञान विभागले यस बर्ष राप्तीको कुसुमस्थित जलमापन केन्द्रको थ्रेसहोल्ड परिवर्तन गरी सतर्कता तह ६ मिटर र खतरा तह ७.८ मिटर कायम गरेको    छ । राप्ती नदीमा पानीले खतरा तह पार गरे राप्तीसोनारी गाउँपालिकाको बैजापुर, बिनौना, फत्तेपुर तथा डुडुवा गाउँपालिकाको होलिया, चौफेरी, बेतहनी, कम्दी लगायत क्षेत्र डुबानमा पर्ने गरेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !