डा. राणाकाे तलव याेग समितिलाई
नेपालगञ्ज – सांसद डा. धवलशमशेर राणाले याेग समितिलाई ५० हजार सहयाेग गरेका छन् ।
राज्यकाे तलव सुविधा नलिने घाेषणा गरेका डा. राणाले बुधबार नेपालगञ्जमा याेगगुरु गिरिराज भट्टराईलाई ५० हजार हस्तान्तरण गर्नुभयाे ।
डा. राणाले जनप्रतिनिधि हुंदा पाउने तलव भत्ता पीडित व्यक्ति, सामाजिक संघ संस्थालाई दिदै अाउनु भएकाे छ ।
डा. राणाले केही दिन अघि विश्व हिन्दु परिषदलाई ५० हजार दिनु भएकाे थियाे ।
नेपालगञ्जकाे दुई पटक मेयर हुंदा पनि डा. राणाले तलव भत्ता सामाजिक काममा खर्चिनु भएकाे थियाे । डा. राणाले अाफूले राज्यबाट कुनै सुविधा नलिने घाेषणा गर्नु भएकाे छ ।