बाँकेका दुईसहित ६ जनालाई कोरोना

नेपालगञ्ज – बाँकेका दुईसहित ६ जनालाई कोरोना देखिएको छ ।

भारतका विभिन्न शहरबाट घर फर्किएका चार पुरुष र दुई महिलालाई कोरोना देखिएको हो । उनीहरुको नेपालगञ्ज नाकामा कोरोना जाँच भएको थियो ।

नेपालगञ्ज नाकामा रहेको जमुनाहा हेल्थडेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीका अनुसार, बाँकेको बैजनाथ र राप्तीसोनारी गाउँपालिकाका एक÷एक जनामा कोरोना देखिएको छ । शनिबार कोरोना देखिनेमा दाङ, सुर्खेत, कालिकोट र सल्यानका पनि एक÷एक जना छन् ।

नेपालगञ्ज नाकामा दैनिक आधा दर्जन व्यक्तिलाई कोरोना देखिरहेको छ । भारतको विभिन्न ठाउँमा मौसमी काम गर्न गएका नेपालीमा घर फर्किदा कोरोना देखिएको छ । कोरोना संक्रमित बढिरहेपनि अहिलेसम्म कुनै सावधानी अपनाइएको छैन ।


error: यो सुविधा उपलब्ध छैन !