जडिबुटी उद्योगमा आगलागी


नेपालगञ्ज – बाँकेको पिप्रहवामा रहेको बाहुबली जडिबुटी उद्योगमा आगलागी भएको छ ।
विहान ७.१५ बजेदेखि लागेको आगो नियन्त्रणमा आइसकेको छैन । जानकी गाउँपालिका वडा नं. ६, पिप्रहवामा रहेको राजेश जैनको जडिबुटी उद्योगमा विद्युत सर्ट भएर आगो लागेको सम्बद्धले बताएका छन् ।
आगो निभाउन नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिकाका दमकल आएको छ । बर्दियाको गुलरिया नगरपालिका र बाँसगढी नगरपालिकाको दमकल मगाइएको छ । उद्योगको परिसरमा रहेको काठमा आगो दन्किएको छ । उद्योगभित्र आगो पुगिसकेको छैन । उद्योगभित्र पुगेमा अझ ठूलो क्षति हुने भएकाले आसपासबाट दमकल मगाइएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, एसपी तुलबहादुर कार्कीलगायत घटनास्थलमा पुगेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !