भारत लैजान थालेको चुरोट बरामद


नेपालगन्ज – नेपालबाट भारत लैजादै गरेको चुरोट बरामद गरिएको छ ।
नाकामा रहेको इलाका प्रहरी कार्यालय, जमुनाहाले तीन जनालाई एक हजार २ सय ८० प्याकेट खुकुरी चुरोटसहित समातेको हो । बरामद चुरोटको मूल्य एक लाख ५८ हजार ७ सय २० रुपैया रहेको छ ।
प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १५, जमुनाहाबाट चुरोट र मान्छेलाई समातेको थियो । प्रहरीले आवश्यक कारबाहीका लागि पक्राउ परेका व्यक्ति र बरामद चुरोट भन्सार कार्यालय पठाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !