युवा संघको अध्यक्षमा थेवे, महासचिवमा पुरी

नेपालगञ्ज – राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेवे सर्वसम्मतिबाट चयन भएका छन् ।

एमालेका युवा नेता रविन्द्र लम्सालका अनुसार, निवर्तमान महासचिव थेवेलाई सर्वसम्मतिबाट अध्यक्ष चयन गरिएको छ । निवर्तमान उपाध्यक्ष सन्तोष रावलले पनि अध्यक्षमा दावी गरेपछि युवा संघको महाधिवेशन लम्बिएको थियो । रावललाई पार्टीले उचित जिम्मेवारी दिने सहमति भएको छ ।

सुमन पुरी महासचिव भएका छन् । महासचिवमा अञ्जना अधिकारीको पनि दावी थियो । निरन्तरको छलफल र वार्तापछि सबै पदमा सर्वसम्मत गरिएको छ ।

चैत्र २७ गतेदेखि नेपालगञ्जमा चलेको युवा संघको नवौं महाधिवेशन तीन दिनमा सक्ने भनेपनि सबै पदमा आकांक्षी धेरै देखिएपछि लम्बिएको थियो । ढिलो गरी सबै पदमा सर्वसम्मत गरिएको छ । पत्रकार सम्मेलन गरेर निर्णयहरु सार्वजनिक गर्ने तयारी गरिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !