युवा संघको अध्यक्षमा दुई जनाको उम्मेदवारी

नेपालगञ्ज – राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ ।

आगामी नेतृत्वका लागि निवर्तमान उपाध्यक्ष सन्तोष रावल र महासचिव क्षितिज थेवेले उम्मेदवारी दिएका हुन् ।

सर्वसम्मतिको प्रयास सफल नहुँदा सबै पदमा चुनाव हुने देखिएको छ । खुल्ला उपाध्यक्षमा कृष्णहरि केसी, प्रकाश गौतम र विष्णुहरि त्रिपाठी, महिला उपाध्यक्षमा सीता सुवेदी र सुमित्रा बोगटी, समावेशी उपाध्यक्षमा पुष्पराज श्रेष्ठ र अमित लामाको उम्मेदवारी परेको छ ।

महासचिवमा सुमन पुरी र अञ्जना अधिकारीको उम्मेदवारी परेको छ । उपमहासचिवमा प्रकाश लामिछाने र कुबेर अधिकारीको उम्मेदवारी परेको छ ।

सचिवका लागि कोशी प्रदेशबाट राकेश राई र एण्डी राई, मधेस प्रदेशबाट इ. मोविन अख्तर आलाम, रञ्जनकुमार झा र आशिषकुमार झा, बागमति प्रदेशबाट विक्रम चौलागाई, राकेश लामा र सुदर्शन बजगाई, गण्डकीबाट शिवबहादुर गुरुङ (महेन्द्र) र मदन भण्डारी, लुम्बिनीबाट खेम शर्मा र गोविन्दप्रसाद आचार्य, कर्णालीबाट केशरी बस्नेत श्रेष्ठ, उपेन्द्र शाही, खगेन्द्रबहादुर शाही, कमल खड्का जुनी, वकिलबहादुर बम, राजन थापा र नविनबहादुर सारुमगर र सुदूरपश्चिम प्रदेशबाट कमलराज गिरीको उम्मेदवारी परेको छ ।

मधेसीबाट सचिवमा देवानन्द मेहेता र अभिषेककुमार गुप्ता, महिलाबाट सचिवमा सम्झना विक र विस्ना चन्दको उम्मेदवारी परेको छ ।

निर्वाचन अधिकृत अधिवक्ता विकास आचार्यले उम्मेदवारको नामावली टाँसिएको र उम्मेदवारी फिर्ताको समय दिइएको र सर्वसम्मति हुन नसकेको पदमा राती नै मतदान गराइने जानकारी दिएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !