महेन्द्रमा माधवकाे प्यानलै विजय

नेपालगञ्ज – महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्जमा एमालेनिकट अनेरास्ववियुका माधव खत्रीकाे नेतृत्वमा रहेकाे संयुक्त प्यानल विजयी भएकाे छ ।

नेविसंघका जिवनराम सुवेदीलाई ९० मताान्ततरले पराजित गर्दै खत्री स्ववियु सभापति भएका हुुन् । खत्रीले ७ सय ५६ मत ल्याउदा सुवेदीले ६ सय ६६ मत ल्याएका थिए ।

सचिवमा हरेन्द्रबहादुर विक ९ सय ७६ मत र काेषाध्यक्षमा भरतराज बुढाथाेकी ८ सय ७७ मत ल्याएर विजय भएका   छन् ।

सदस्यहरुमा सुरेन्द्र रावल, पंकज सिजापति, टेकराज कंडेल, चिरिन्जीवी बुढा, निराजन अवस्थी, सुशील बर्मा, सरस्वती बुढामगर र महेश शर्मा विजयी भएका छन् ।

४ हजार १ सय २२ मतदाता रहेकाे क्याम्पसमा १ हजार ६ सय ९२ मत खसेकाे थियाे ।

 


error: यो सुविधा उपलब्ध छैन !