मलमा अनुदान घटाएपछि किसान आक्रोशित

नेपालगञ्ज – सरकारले रासायनिक मलमा दिदै आएको अनुदान घटाएपछि किसान आक्रोशित भएका छन् ।

समयमा मल नपाइरहेका किसानले अनुदानसमेत घटाइदिएपछि सरकारको चर्को आलोचना गरेका हुन् । सरकारले किसानलाई दिएको अनुदानमा ११.८ प्रतिशत घटाएको छ । अनुदान घटेसँगै मलको मूल्य बढेको छ ।

नरैनापुर–५ का शालिकराम साहुले किसानलाई समयमा र सहुलियतमा मल, बिउ दिनु पर्नेमा सरकारले उल्टै मूल्य बढाएर किसानलाई पीडा दिएको बताउनुभयो । कोहलपुरका सुमन पौडेलले सरकारले किसानलाई पलायन हुन बाध्य पारेको बताउनुभयो । नेपालगञ्जका अलिहुसैन दर्जी र राप्तीसोनारीका सुरेन्द्रबहादुर विष्टले किसानलाई थप अनुदान र सहुलियतहरु दिनुपर्नेमा सरकारले उल्टै अनुदान घटाएर मलको मूल्य बढाएर किसान मारा नीति ल्याएको बताउनुभयो ।

बाँकेमा अहिले पनि किसानले भनेको जति र समयमा मल पाउँदैनन् । कृषि सामाग्री कम्पनी लिमिटेड, नेपालगञ्जका शाखा प्रवन्धक रमेशकुमार पौडेलले मागको ३० प्रतिशत मल पु¥याउन नसकेको बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !