खजुरा महायज्ञमा दान गर्ने बढ्दै

खजुरा – बाँकेको खजुरामा जारी श्रीमदभागवत ज्ञान महायज्ञमा आर्थिक संकलनले तिब्रता पाएको छ । एकै दिन १० लाख बढी रकम दान प्राप्त भएको महायज्ञ सम्पादन समितिले जनाएको छ ।

महायज्ञमा उपस्थित हुने भक्तजनको संख्या र दान संकलन पनि बढ्दै गएको महायज्ञ सम्पादन समितिका अध्यक्ष शिवराज श्रेष्ठले बताए । खजुरा क्षेत्रलाई धार्मिक पर्यटकीय स्थल बनाउने र खजुरामा ६० फुट अग्लो सुदर्शन चक्र सहितको लक्ष्मीनारायणको मूर्ति स्थापना गर्ने उद्देश्यले आयोजित महायज्ञमा अहिले सम्ममा सबैभन्दा बढी खजुरा गाँउपालिकाकी उपाध्यक्ष मन्जु मल्लले एक लाख पचपन्न हजार पाँच सय पचपन्न रुपैयाँ दान गरेकी छन् भने उद्योगी प्रदीप छाजेडबाट एक लाख एक हजार एक सय एघार दान गरेका छन् । बर्दिया मधुबनका भक्तबहादुर केसीबाट एकलाख एक हजार दान दिएका छन् ।

धेरै श्रद्धालुहरुको सहभागीता गराउने उद्देश्यले आयोजकले ५ हजार देखि नै शिलालेखमा नाम लेखाउने व्यवस्था मिलाएको समितिका कोषाध्यक्ष बिजय बुढाथोकीले बताए । ५० हजार बढी दान गर्नेहरुमा स्थानीय स्वास्थ्यकर्मी सुदीप पौडेल, सुबेदार रामबहादुर केसी, स्थानीय चन्द्रा बोगटी, धनबहादुर केसी लगायत रहेको कोषाध्यक्ष बुढाथोकीले बताए ।

महायज्ञमा माधुर्यवाचक बालकृष्ण अर्यालले कथा वाचन गरिरहेका छन् । ४ करोडको लागतमा निर्माण हुने मूर्ति निर्माणका लागि महायज्ञबाट २ करोड र बाँकी अनुदान संकलन गरेर निर्माण गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !