जुत्ताभित्र आठ ग्राम खैरो हिरोइन

नेपालगञ्ज – इलाका प्रहरी कार्यालय, जमुनाहा र लागु औषधी नियन्त्रण ब्यूरोको टोलीले भारतबाट खैरो हिरोइन बोकेर आएका युवालाई पक्राउ गरेको छ ।

भारतको रुपैडिहाबाट पैदल नेपाल प्रवेश गरेका दाङ लमहीका किरण कुमाललाई जमुनाहा प्रहरीले नियन्त्रणमा लिएको हो ।

किरणले दाहिने जुत्ताभित्र आठ ग्राम ५ सय मिलिग्राम खैरो हिरोइन राखेका थिए । प्रहरीले शंका लागेर जाँच गर्दा खैरो हिरोइन फेला परेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !