श्रीमतीको मृत्यु, श्रीमान घाइते

नेपालगञ्ज – पूर्व पश्चिम राजमार्गअन्तर्गत बाँकेको ढकेरी नजिक ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिमतर्फ आइरहेको भे ११ प ७०५ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आइरहेको ना ५ ख ४२०४ नम्बरको ट्रकले ठक्कर दिंदा मोटरसाइकलमा सवार दिपिका खत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय, कोहलपुरले जानकारी दिएको छ ।

मोटरसाइकलमा बाँके बैजनाथ गाउँपालिका वडा नं. २ का दिलबहादुर कटुवाल र उनकी श्रीमती खत्री सवार थिए । ट्रकको ठक्करबाट घाइते भएका श्रीमान र श्रीमती दुवैलाई कोहलपुर मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो । उपचारको क्रममा श्रीमतीको मृत्यु भएको
हो ।

इलाका प्रहरी कार्यालय, कोहलपुरका डीएसपी ऐनबहादुर मल्लका अनुसार ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकका आफन्तीले अहिले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !