५२० बोरा चिनी बरामद

नेपालगञ्ज – प्रहरीले ठूलो परिमाणमा चिनी बरामद गरेको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले भन्सार छलेर ल्याई जम्मा गरी राखेको ५० किलोको ५२० बोरा चिनी बरामद गरेको हो ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १, नन्दनी मिलको परिसरबाट प्रहरीले चिनी बरामद गरेको छ ।

चिनीसँगै प्रहरीले बोडीको ५१ बोरा दाल बरामद गरेको छ । प्रहरीका अनुसार चिनी १८ लाख २० हजार बोडीको दाल एक लाख ७ हजार मूल्य बराबरको छ । बरामद चिनी र बोडीको दाल नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !