१८ नम्बरमा १८ सय मिटरको कालोपत्रे सडकको शिलान्यास

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष दिपक वर्माले शनिबार एक हजार आठ सय मिटर कालोपत्रे सडकको शिलान्यास गर्नु भएको छ ।

टोलवासीको उपस्थितिमा वडाध्यक्ष बर्माले छ कुनेचोक सोल्टी होटलदेखि नागरिक टोल, डोल्पाली टोल, लग्दहवासम्म बाइपास बसपार्क जोड्ने एक हजार आठ सय मिटर सडकको कालोपत्रे गर्न शिलान्यास गर्नु भएको हो ।

वडाको मात्रै नभएर प्रदेश र संघबाट समेत ठूलो बजेट ल्याइरहनु भएका वडाध्यक्ष बर्माले अन्य वडामा पनि पीसीसी र कालोपत्रेको काम भइरहेको जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !