जिल्ला समन्वयमा चौधरी विजयी

नेपालगञ्ज – जिल्ला समन्वय समितिको संयोजकमा नेपाली कांग्रेसका ज्ञानेन्द्रकुमार चौधरी विजयी भएका छन् । चौधरी यसअघि उपसंयोजक थिए ।

शुक्रबार भएको निर्वाचनमा चौधरीले १३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी जसपाका उमेशकुमार कुर्मीले तीन मत प्राप्त गरे ।
बाँकेमा आठ वटा पालिका रहेकाले १६ मत रहेको छ । त्यसमा कांग्रेसको एक्लै १२ मत रहेको छ । कांग्रेसलाई माओवादीसँग रहेको एक मत पनि परेको छ । जसपाको तीन मत नै रहेको छ ।

उपसंयोजकमा एकल उम्मेदवार परेपछि कांग्रेसकी सीता कार्की निर्वाचित भइसकेकी छन् । महिला सदस्यका लागि मात्रै शुक्रबार मतदान भएको थियो । त्यसमा रेवती दमाई, चमेली थारु र तरन्नुम बानो शेष विजयी भएका छन् ।

समन्वय समितिको खुल्ला सदस्यमा उदयनारायण मिश्र, जुल्फकार अलि मनिहार र सन्तकुमार थारु त्था दलित वा अल्पसंख्यक सदस्यमा जगदीश बाल्मिकी यसअघि नै निर्विरोध भइरहेका थिए


error: यो सुविधा उपलब्ध छैन !