नेपालगञ्ज – कोहलपुर रुटमा १६ प्रतिशत भाडा बढ्यो
नेपालगञ्ज – बागेश्वरी यातायात व्यवसायी प्रालि, कोहलपुरले जमुनाहा भन्सारदेखि कोहलपुर रुटको भाडा बढाएको छ । प्रालिले १६ प्रतिशत भाडा बढाउदै नयाँ भाडादर कायम गरेको हो ।
नयाँ भाडादर अनुसार, जमुनाहा भन्सारदेखि कोहलपुरसम्मको भाडा ८१ रुपैया कायम गरिएको छ । यसअघि ७० रुपैया थियो । कोहलपुरदेखि धम्बोझीसम्म ५८ रुपैया, कोहलपुरदेखि राँझा ४६ रुपैया, कोहलपुरले कोठारपुर ४१ रुपैया, कोहलपुरदेखि पार्वतीपुर ३० रुपैया, कोहलपुरदेखि हवल्दारपुर २५ रुपैया, कोहलपुरदेखि पिपरी २० रुपैया कायम गरिएको छ ।
भन्सारदेखि पिपरी ७५ रुपैया, भन्सारदेखि हवल्दारपुर ७० रुपैया, भन्सारदेखि पार्वतीपुर ६४ रुपैया, कोहलपुरदेखि कोठारपुर ५८ रुपैया, भन्सारदेखि राँझा ४६ रुपैया, भन्सारदेखि भुजैगाउँ ४१ रुपैया, भन्सारदेखि पुष्पलालचोक २५ रुपैया र भन्सारदेखि धम्बोझीलाई २० रुपैया भाडादर कायम गरिएको छ ।
प्रालिले कोहलपुरदेखि बर्दिया जयनगर, रम्भापुरसम्मको भाडामा पनि १६ प्रतिशत बढाएको छ ।