कपासको मूल्य बढ्यो
नेपालगञ्ज – कपास विकास समिति, खजुराले कपासको मूल्य बढाएको छ ।
समितिका अध्यक्ष हेमन्तराज काफ्लेको अध्यक्षतामा बसेको समितिको बैठकले एक क्वीन्टलमा एक हजार रुपैया मूल्य बढाएको हो ।
अध्यक्ष काफ्लेका अनुसार, कपासमा क्वीन्टलमा एक हजार रुपैया मूल्य बढाइएको छ । कपासमा किसानलाई आकर्षण गर्न मल, बीउ, औषधि र प्राविधिक सहयोग पहिले भन्दा फरक तरिकाले गर्ने निर्णय गरिएको छ ।
समितिले कच्चा कपास आठ हजार पाँच सय रुपैया क्वीन्टलमा खरिद गर्दै आएकोमा अब नौ हजार पान्च सयमा खरिद गर्नेछ ।
यस क्षेत्रको कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङ जिल्लामा कपास लगाउने गरिएको थियो। अहिले दाङमा मात्रै कपास खेती गरिन्छ । लमहीको वडा नम्बर ७, ८ र ९ राजपुरको १, २, ३, ५, ६ र ७ नम्बर वडाको ९० विगाहमा कपास खेती गरिन्छ ।