नेपालगञ्जमा माओवादीले गठबन्धन नमान्ने

नेपालगञ्ज – नेकपा माओवादी केन्द्र, नेपालगञ्ज कमिटिले गठबन्धनमा अपमानित भएको भन्दै एकल प्रतिस्पर्धामा जाने घोषणा गरेको छ ।

नेकपा माओवादी केन्द्र, नेपालगञ्जले शनिबार अपरान्ह पत्रकार सम्मेलन गरेर उक्त घोषणा गरेको हो । नेपालगञ्ज नगर कमिटिका अध्यक्ष रतन शाहीले मेयर, उपमेयरसहित २३ वटै वडामा एकल प्रतिस्पर्धा गर्ने बताउनुभयो ।

अध्यक्ष शाहीले केन्द्रीय गठबन्धनको मूल मर्म विपरित नेपालगञ्जमा गठबन्धनका मेयर र उपमेयर पाएका दलहरुले वडामा आफ्नै तरिकाले जाने भनेपछि गठबन्धनको औचित्य सकिएको बताउनुभयो ।

केन्द्रीय गठबन्धन अनुसार, नेपालगञ्ज उपमहानगरपालिकामा मेयरमा नेपाली कांग्रेस र उपमेयरमा जनता समाजवादी पार्टी (जसपा) लाई भाग परेको छ । मेयर र उपमेयरमा भाग नपाएको माओवादी केन्द्रले वडामा आफ्नो दावी बलियो बनाएपनि कांग्रेस र जसपाले वडामा आफ्नै तरिकाले जाने भनेपछि माओवादी बिच्किएको हो ।


error: यो सुविधा उपलब्ध छैन !