बाल सुधार गृहबाट बन्दी फरार

नेपालगञ्ज – बाँकेमो डुडुवामा रहेको बाल सुधार गृहबाट एकजना किशोर फरार भएका छन् ।

चोरी मुद्दामा दैलेखबाट बाँकेको बाल सुधार गृहमा ल्याइएका १६ वर्षीय सन्देश गुरुङ शनिबार अपरान्ह सवा चार बजे फरार भएका हुन् ।

बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले भागेका बन्दीको खोजी भइरहेको बताउनुभयो । बाल सुधार गृहमा एक सय ८५ जना बन्दी रहेका छन् ।

बाल सुधारबाट यसअघि पनि बन्दी भागेका थिए ।


error: यो सुविधा उपलब्ध छैन !