पूर्ण खोप सुनिश्चितता तथा दिगोपनामा नेपालगञ्ज पहिलो

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका बाँकेमा पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएको छ ।

जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तव, नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजाल, स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजंग शाह, नेपालगञ्ज नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दलगायतको उपस्थितिमा नेपालगञ्जलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

जिल्ला समन्वय समितिका संयोजक श्रीवास्तवले धेरै अभियानहरुमा नेपालगञ्ज पछाडी रहेपनि दिगोपना घोषणामा अगाडि भएको बताउनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकामा दुई वर्ष भन्दा कम उमेरका चार हजार ८ सय ५३ जना बालबालिकाले पूर्ण खोप लगाएका छन् । सरकारले बालबालिकालाई टाइफाइडसहित १३ वटा खोप दिने गरेको छ ।

खोप लगाउन छुटेका, विचैमा छोडेका सबै बालबालिकालाई खोपको दायरामा ल्याइएपछि पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख चन्दले जानकारी दिनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिका योजना अधिकृत जागेश्वर बस्नेतले स्वागत गरेको कार्यक्रममा सरोज रिमालले पालिकाको अवस्थाबारेमा प्रष्ट पार्नु भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !