पशुपतिनाथ मन्दिरका मूल भट्ट बाँकेमा
नेपालगञ्ज – पशुपतिनाथ मन्दिरका मूल भट्ट रावल गणेश शनि मन्दिर भूमि पुजनका लागी शनिबार नेपालगञ्ज आइपुगेका छन् ।
नेपालगञ्ज राँझा विमानस्थल परिसर बाहिरबाट रथ चढाएर भूमि पुजन स्थलसम्म लगिएको छ ।
नेपालगञ्ज कोहलपुर सडक खण्डमा पर्ने जानकी गाउँपालिका वडा नं. ६, कोठारपुरमा शनिदेवको मन्दिर निर्माणका लागी भूमि पुजन गर्न मूल भट्ट आएका हुन् ।
विश्वविख्यात शनि मन्दिर स्थापनार्थ महन्त भिमनाथ, बाबाटेकनाथ, बाबा भट्टुनाथको पनि उपस्थिति रहेको छ ।